बेलबारीमा पनि देखियो कोरोना संक्रमण,संक्रमितलाई गोठगाउँको आइसोलेसनमा राखिने


बेलबारीमा पनि १ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भारतको दिल्लीबाट फर्किएर बेलबारी १० स्थित धिरनाथ सम्फुल माविको क्वारेन्टिनमा बस्दै आएका बेलबारी वाड न. ५ का २२ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार ती युवक असार ९ गते क्वारेन्टिनमा आएका थिए । क्वारेन्टिनमा रहेका मध्ये पछिल्लोपटक १८ जनाको स्वाब सङ्कलन गरेर असार १७ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा ती युवकमा संक्रमण पुष्टि भएको हो । ती युवकलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोभिड उपचार केन्द्रको आइसोलेसनमा लगिने विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारीको क्वारेन्टिनमा अहिलेपनि भारत,दुबइ,कतार,ग्रिस लगायत देशबाट आएका ५० जना बसेका छन् । ६ जना शुक्रबार नै थपिने स्वास्थ्य शाखाले जनाएको छ ।