सुन्दरहरैचाका आगलागी पिडितको लागि जुट्न थाल्यो राहत सामाग्री

सुन्दरहरैचा । सोमबार बिहान सुन्दरहरैचाको विराटचौक मा भएको आगलागीबाट पीडित तीन घरपरिवारलाई सुन्दरहरैचा स्थित लायन्स क्लब अफ ईन्द्रपुर र पाथिभरा स्वतन्त्र महिला समाजले सामुहिक राहत सामाग्री वितरण गरेका छन् । उनिहरुलाई बुधवार साझ उक्त दुई सस्थाले आगलागी पिडितको लागि राहत सामाग्री वितरण कार्यक्रमा सयुक्त आयोजना गरी राहत सामाग्री वितरण गरिएको हो ।

राहत सामाग्री हस्तान्तण गर्दै महिला समाजकी अध्यक्ष प्रमिला दुलालले थोपा थोपा मिली समुन्द्र बने जस्तै थोरै थोरै भए पनि सबै संघ सस्थाहरुलाई राहत सामाग्री उक्त आगलागी पिडितहरुका लागि उपल्बध गराउन आग्रह गरेकी छिन । उनले विपद जो कोहिलाई पनि आउन सक्ने भन्दै पीडित घरपरिवारहरुलाई राहत उपलब्ध गराउन सबै एक जुट हुनु पर्ने बताएकि थिईन ।

लायन्स क्लबका अध्यक्ष गोपाल ढकालले पहिलो चरणमा खाधान्न सामाग्री साथै भाडाकुडा आगलागीबाट पीडित भएका तीन घरअपरिवारहरुलाई वितरण गरेको बताए । उनले आगामी दिनमा पनि अन्य संघसस्थासग समानवय गरी उक्त पीडित परिवारहरुलाई राहत सामाग्री उपलब्ध गराउने बताए ।