कांग्रेसको वडा अधिवेसन पुष ७ मा, पालिका अधिवेसन पुष ८ गते हुने


नेपाली कांग्रेसले फागुन ७ गते नै महाधिवेशन गर्ने गरी कार्यतालिकामा भने केही परिमार्जन गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्त भित्रमा सक्ने निर्णय भएको छ ।
यस्तै, साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभा निर्वाचन क्षेत्रको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।