बेलबारीको कल्पेश्वर मन्दिरले गर्यो निर्माण कार्यको हिसाब सार्वजनिक

बेलबारी ३ स्थित कल्पेश्वर शिव मन्दिर समितिले सभाहल निर्माणको आधारका लागि पिल्लर,विम सहितको पर्खाल निर्माण गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातारण मन्त्रालयको पर्यटन विकास आयोजना मार्फत प्राप्त अनुदान रकम र जनश्रमदान समेत बाट निर्माण कार्य सम्पन्न गरेको समितिले जनाएको छ । निर्धारित बजेट अनुसारको निर्माण कार्य सम्पन्न भएसँगै समितिले आयव्यय समेत सार्वजनिक गरेको छ । मंगलबार मन्दिर परिषरमा आयोजित कार्यक्रममा समितिले हिसाब सार्वजनिक गरेको हो । प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको लागत र ५५ हजार रुपैयाँ बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको मन्दिर समितिकी अध्यक्ष सिता सुवेदीले जानकारी दिनुभएको छ । बजेटका लागि आवश्यक पहल गरिदिएको भन्दै सुवेदीले प्रदेश सांसद राजकुमार ओझालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै थप बजेट व्यवस्थापन गरेर सभाहल निर्माण कार्य पुरा गर्ने योजना रहेको पनि सुवेदीले जानकारी दिनुभएको छ । कार्यक्रममा बेलबारी वडानम्बर ३ का जनप्रतिनिधि विपिन आचार्य,मन्दिर समितिका वरिष्ठ सल्लाहकार महेन्द्र सुवेदी, भगवती टोल विकास संस्थाका अध्यक्ष दिपक ढकाल, अनुगमन समितिका केशव भट्राई सहित मन्दिर समितिका पदाधीकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।