मोरङमा ट्याक्टरमा चेपिएर एक जनाको मृत्यु

मोरङ, मोरङको धनपालथान गाउँपालिका-५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका-६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।