धान दिवस: सुन्दरहरैचामा ६०% धान रोपाई सकियो

सुन्दरहरैचा । नेपाल कृषि प्रदान देश हो । नेपालको जम्मा जनसंख्यामा ८०% मानिस कृषिमा आधारित छन । आज असार १५ अर्थात धान दिवस ।

यसै सन्दर्भमा सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराई सग सुन्दरहरैचा नगरपालिकाको कृषि क्षेत्र सग जोडिएर गरिएको यो सम्वाद जस्ताको त्यस्तै हामीले सम्प्रेषण गरेका छौ ।

आज धान दिवस अर्थात असार १५ नगरले कसरी मनायो ?

बर्सेनी नेपालमा असार १५ को दिनलाई धान दिवसको रुपमा लिईन्छ । सुन्दरहरैचा नगरपालिकाले पनि आजको दिनमा विभिन्न वडामा कृषकहरु सग खेतमा पुगेर कृषकको जनगुनासो सुनी त्यसलाई पूरा गर्ने वाचा गरी धान दिवस मनाएको छ ।

सुन्दरहरैचा नगरपालिकामा धान रोपाई कति प्रतिशत सक्कियो ?

सुन्दरहरैचा नगरपालिकाको ७०% भन्दा बढी भुभाग कृषि क्षेत्रको लागि योग्य छ । असार १५ सम्म आइपुग्दा यहाँ ६०% भन्दा बढीले धान रोपाई सकिसकेको छ ।

वैदेशिक रोजगारी घटाउन युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न नगरले कृषि क्षेत्रमा के कस्ता योजना ल्याएको छ ?

हाल नेपालमा बढ्दो वैदेशिक रोजगारीको लागि युवाहरु विदेश पलायन हुने संख्या बढ्दो छ । सुन्दरहरैचा नगरपालिकामा पनि युवाहरु वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । तर नगरले उक्त बढ्दो संख्यालाई घटाउन युवहरुलाई कृषीमा आकर्षण गराउन धेरै योजना ल्याएको छ ।

नगरले युवाहरुलाई कृषि क्षेत्रमा प्रवेश गराउन युवा स्वरोजगार अन्तर्गत ५०% ऋण सहुलियतमा दिने योजना बनाएको छ । युवाहरुले समुहको माध्यमबाट नगरले कृषि क्षेत्रको लागि बनाएको अन्य योजनाहरु पनि सरल तरिकाबाट धेरै प्राप्त गर्न सक्नेछन ।

नगरले कृषकलाई प्रोत्साहन गर्न के गरिरहेको छ ?

नगरले बर्सेनि आर्थिक वर्षको बजेट निर्माण गर्दा कृषिलाई प्राथमिकतामा राखेको छ । यो वर्ष मात्र नगरले कृषकलाई ५०% छुटमा बीउ बिजन उपलब्ध गराएको छ । नगरले बीउ बिजन मात्र उपलब्ध गराएको छैन । किसानले उत्पादन गरेका बालीनालीहरुको संरक्षण गर्नक लागि किटनासक औषधि मलखादहरु पनि उपलब्ध गराउदै आएको छ ।

नगरले कृषकलाई प्रोत्साहन गर्न कृषकले माग गरे बमोजिम धेर कृषि औजरहरु अनुदानमा साथै सहुलियतमा प्रदान गर्दै आईरहेको छ । नगरले सिचाई नहुने ठाउमा किसानहरुलाई नगरका विभिन्न वडाहरुमा बोरिङ पम्पसेटहरु समेत जडान गरिदिएको छ ।

सुन्दरहरैचा नगरपालिकामा कति % मानिस कृषि पेशामा छन ?

सुन्दरहरैचा नगरपालिकाको जम्मा जनसंख्याको ७०% मानिस कृषि पेशामा छन।

सुन्दरहरैचा नगरपालिकामा वार्षिक कति % धान उत्पादन हुन्छ ?

सुन्दरहरैचा नगरपालिकामा जम्मा अनुमानित १ लाख मेटि्रक टन धान उत्पादन हुँदै आएको छ ।

बढ्दो जग्गा प्लटिङलाई नगरले कसरी रोकि रहेको छ ?

नगरले कृषि जग्गालाई प्लटिङ गर्न बन्द गर्ने सम्मको योजना लिएको छ । यो नेपाल सरकारको पनि योजना हो । कसैले जग्गा प्लटिङ गर्नु परेमा नगरको सिफारिसमा मात्र प्लटिङ गर्न पाउने नियम बनाएका छौ ।