सुनसरीमा न्यायाधीशका बडीगार्डले आफैलाई गोलि हाने

इटहरी । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका सुरक्षार्थ खटिएका बडीगार्डले आफैलाई गोली हानेका छन् । प्रहरी हबलदार ओम प्रकाश खतिवडाले अदालतको छतमा आफैले बोकेको पेस्तोलबाट दाहिने कन्चटमा गोली फायर गरेका हुन् ।

जिल्ला प्रहरी सुनसरीका प्रमुख कमल थापाका अनुसार खतिवडाले आफैले बोकेको पेस्तोलले कन्चटमा हानेका थिए । गोली लागेर घाइते भएका खतिवडाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा मृत्यु भएको थापाले बताए । गोली साँझ ७: ४५ मा फायर भएको उनले बताए ।