तस्बिरमा इटहरीमा रहेको बुढिगंगा मुक्तीघाटको समस्या

इटहरी । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढिगंगा मुक्तिघाटमा देखिएको यो तस्बिरले पुर्वपश्चिम लोकमार्गमा आवतजावत गर्ने सबै यात्रुहरुको ध्यान केन्द्रित गर्दछ ।

अरुबेला आवातजावत गर्दा खासै ध्यान नगएको यो मुक्तिघाटमा आइतबार यात्रुहरुले आफ्नो सवारी साधन रोकेर पनि यो दृश्य हेर्न बाध्य थिए । तस्बिर हो कफिनको ।

घाट सम्म शव व्यवस्थापन गर्नको लागि प्रयोग गरिने यो कफिनलाई मुक्तिघाटमा जथाभावी फाल्दा बुढिगंगा मुक्तिघाटको स्वरुप नै परिवर्तन भएको जस्तो लाग्ने बताउछन यात्रा गर्ने यात्रुहरु । मानिसको शव व्यवस्थापन गर्दा उक्त कफिनलाई पनि व्यवस्थापन गर्नु पर्नेमा कफिनलाई जथाभावी खोलामा नै फालिएको उक्त तस्बिरले प्रष्ट पारेको छ ।

व्यवस्थित घाट र सुविधा सम्पन्न भनेर चिनिएको नेपाल भरि रहेका यस्ता मुक्तिघाट मध्येको एउटा घाट बुढिगंगा मुक्तिघाट पनि एक हो । उक्त मुक्तिघाटमा पुर्वका अधिकांश मानिसहरुको शव जल्ने गर्दछ । हेर्नुहोस तस्विरमा बुढिगंगा मुक्तिघाटको अवस्था :