मध्यरातमा सुन्दरहरैचा स्थित विराटचौकमा आगलागी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका १२ स्थित विराटचौकमा आगलागी भएको छ ।

विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको ए वान खाजा घर , पोखरेल खाजा घर र धनकुटे खाजा घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाकी छ । आगलागी करिब १ बजेबाट शुरु भएको थियो ।

सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।