बेलबारीमा किसानलाई कृषियन्त्र वितरण


यान्त्रीकरण मार्फत कृषि कर्मलाई सहज बनाउदै उत्पादन समेत वृद्धि गर्न सघाउने उद्देश्यले बेलबारी नगरपालिकाले किसानलाई मिनि टिलर र मकै छोडाउने थ्रेसर वितरण गरेको छ । नगरपालिकाले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरेको हो ।
बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई कृषकलाई मकै छोडाउने थ्रेसर मेसिन र ५ जनालाई मिनिटिलर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । विभिन्न वडाका कृषक तथा समुहलाई ती रामग्रहरु वितरण गरिएको हो । नगरपालिकाले केहि दिन अघि मात्रै सिँचाइका लागि पानी तान्ने मोटरहरु पनिे बितरण गरेको थियो ।
निर्वाहमुखी तथा परम्परागत खेतीप्रणालीलाई व्यवसायिक र आधुनिकिकरण गर्ने र घोषित एक वडा एक उत्पादन कार्यक्रम मार्पmत कृषि जोनका रुपमा नगरलाई विकास गरिने नगरप्रमुख सुवेदीले बताउनुभयो ।