तस्विरमा सुन्दरहरैचाको बिकास: प्रदेश सांसद ओझाको अनुगमन

सुन्दरहरैचा । प्रदेश नं १ का सांसद राज कुमार ओझाले आफ्नो मोरङ क्षेत्र नं ३ ख को विकासको कार्यको अनुगमन गरेका छन । आफुले छनौट गरेका विकासका कार्यहरु के कसरी सम्पन्न भई रहेको बुझ्न शनिबार उनले स्थानिय तहका जनप्रतिनिधी सहितको टोली र नेकपाका नेताहरुको सयुक्त टोलीमा अनुगमन गरेका हुन ।

प्रदेश सांसद ओझाको क्षेत्रमा दुई स्थानिय तह पर्दछ । बेलबारी नगरपालिका र सुन्दरहरैचा नगरपालिका पर्ने उनको क्षेत्रमा आज शनिबार उनले सुन्दरहरैचा नगरपालिकाको वडा नं १०, ११, ०९ र ०८ मा भईरहेको तथा सम्पन्न भईसकेको विकासको कार्यहरुको अनुगमन गरेका थिए ।

अनुगमनमा सुनदरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तमाङ, सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशन प्रशाद ढकाल, सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विशनलाल चौधरी, सुन्दरहरैचा नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेश बहादुर थापा,नेकपा सुन्दरहरैचा नगरपालिकाका संयोजक केदार गुरागाई, नेकपाका नेता नवराज चापागाई, मातृका प्रशाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सांसद भानुभक्त ढकाल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन । स्वास्थ्य मन्त्री रहेका ढकाल मन्त्रालयको कार्यभार का कारण क्षेत्र आउन नसकेका कारण पनि प्रदेश सांसद ओझाले संघको योजनामा परेका विकासका कार्यहरुको समेत अनुगमन गरेका थिए ।

ओझाले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा ०७ करोड भन्दा बढीको योजना अनुगमन गरेका हुन ।

कुन कुन योजनामा ओझा पुगे ?

सुन्दरहरैंचा नगरपालिका वडा नं १०
१) नवोदय मार्गमा टायल, ११ लाख, राजकुमार ओझा सांसद विकास कोष ।
२) भानुमार्ग देखी उत्तर सयपत्री मार्ग एजिङ ग्राभेल, ४९ लाख, प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय ।
३) गैरीटोल हुँदै बासुकी ताल जाने बाटो एजिङ ग्राभेल, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
४) बासुकी रिचार्ज पाउण्ड निर्माण (ताल), प्रदेश सरकार पर्यटन, ५० लाख ।
५) बाघझोडा-विश्वबिधालय जाने बाटो कालोपत्रे, प्रदेश सरकार भौतिक, ५० लाख ।
६) हरैंचामोड उत्तर हुँदै वरपिपल चौक जाने बाटो कालोपत्रे, ६७ लाख, भानुभक्त ढकाल सांसद विकास कोष ।
७) सुकुना खोला तटबन्धन, २५ लाख, तराई मधेस समृद्धि कार्यक्रम ।
८) हेभेन लिपात भवन निर्माण, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
९) उपमन्यु धर्मशाला निर्माण, २० लाख, भानुभक्त ढकाल सांसद विकास कोष ।
१०) गौरी शंकर मन्दिर सामुदायिक भवन, ३० लाख, प्रदेश सरकार भौतिक ।
११) मुनालचोक हुँदै संगम मार्ग जाने बाटो एजिङ, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
१२) चण्डेश्वरी स्कुल, ७ लाख, प्रदेश सरकार सामाजिक ।
१३) रिन्छेन छ्योलिङ बौद्ध गुम्बा, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
१४) आदिवासी जनजाती भवन, १० लाख, प्रदेश सरकार ।

सुन्दरहरैचा नगरपालिका वडा नं ८
१५) आरती सामुदायिक भवन, १५ लाख

सुन्दरहरैचा नगरपालिका वडा नं ९
१६) कालीमन्दिर निर्माण तथा मर्मत, ६ लाख, राजकुमार ओझा सांसद विकास कोष ।
१७) बुधबारे आइतबारे खण्ड कालोपत्रे, १५ लाख, राजकुमार ओझा सांसद विकास कोष ।
१८) बुधबारे बजार टहरा निर्माण, ४० लाख, तराई मधेस समृद्धि कार्यक्रम ।
१९) खदम जुडि सिचाई योजना, १ करोड पचहत्तर लाख, प्रदेश सरकार सिचाई डिभिजन ।
२०) जनता मा.वि. भवन निर्माण, १० लाख, भानुभक्त ढकाल ।

सुन्दरहरैंचा नगरपालिका वडा नं ११
२१) जयनगर कर्जुना ढल निर्माण, १ करोड, प्रदेश सरकार ।
२२) त्रिपुरेश्वर मन्दिर शौचालय निर्माण, ५ लाख, राजकुमार ओझा सांसद विकास कोष ।