लायन्स क्लब अफ इन्द्रपुरमा गोपाल ढकाल

सुन्दरहरैचा । लायन्स क्लब अफ इन्द्रपुरमा गोपाल ढकाल अध्यक्ष पदमा निर्विरोध चयन भएका छन । ढकाललाई लायन्सको ८ औ साधारण सभा बाट चयन गरिएको हो । ढकाल २०२० को लागी अध्यक्षमा चयन भएका हुन ।

शुक्रबार २०१९ का अध्यक्ष रमेश खड्काको अध्यक्षतामा लायन्सको ८ औ साधारण सभा प्लानेट लाउन्जमा भएको थियो । साधारण सभाको प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालको रहेको थियो ।

क्लबका २०१९ का अध्यक्ष खड्काले सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिदै क्लबले अघी सरेका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्न जोड दिएका थिए ।

८ औ साधारण सभाले लायन्स अफ इन्द्रपुरको अध्यक्षमा गोपाल ढकाल , प्रथम उपाध्यक्षमा रोहित कुमार शाह, द्रितिय उपाध्यक्षमा नारायण कार्की, त्रितिय उपाध्यक्षमा गोविन्द अधिकारी त्यस्तै सचिवमा राजा बाबु स्विर र कोषाध्यक्षमा खगेन्द्र रिजाल सर्व सम्मत चयन भएका हुन ।