सुन्दरहरैचा बजेट: कृषि पेशाको सम्मान– कृषकलाई अनुदानै अनुदान

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको छैठौ नगरसभा सम्पन्न भएको छ । छैठौ नगरसभाबाट नगरले ०७७/०७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरसभाले ०७७/०७८ को लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नगरसभाले ०७७/०७८ को लागि आर्थिक विकास तर्फ विभिन्न ३१ वटा योजनाहरु नगरसभा समक्ष प्रस्तुत गरेको छ:-

१) चौथो नगरसभाले गौरवको आयोजनाको रुपमा छनौट गरेको कोल्ड स्टोर निर्माण गर्ने कार्यको ( DPR ) तयार भई सकेकोले आर्थिक वर्ष २०७७/०७८ देखि उक्त कोल्ड स्टोरको निर्माण
कार्यको थालनी गरिनेछ ।

२) नगरक्षेत्र भित्र रहेका खाली जमिनलाई खेर जान नदिन कृषि योग्य भूमिको पूर्ण उपयोग गरी सघन खेती प्रणालीका माध्यमबाट कृषि उत्पादन गर्ने नीति कार्यान्वयनमा ल्याईनेछ ।

३) सार्वजनिक ऐलानी पर्ती जग्गा, निजी वन क्षेत्र, सडक तथा राजमार्गको किनारा, नदी उकास जमिनमा फलफुल र अन्य विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।

४) सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ मा अवस्थित नयाँ वृन्दावन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमूना धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि विश्वकै अग्लो गाईको मूर्ती निर्माण गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईनेछ ।

५) नगरक्षेत्रमा प्राकृतिक पर्यटकीय आर्कषणको रुपमा रहेका बाघझोडा र हसिना सिमसार क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न सार्वजनिक, निजी साझेदारीको अवधारणा अनुरुप विकास गर्दै लगिने छ । कालीखोला, किचकगढी, ग्रामथान, ६ पोखरी पार्क, अमलाटार, शेषनारायण दिव्यधाम, भुल्के जलाधार क्षेत्र, बासुकी जलाधार क्षेत्र लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटकीय पूर्वाधार विकासकामा जोड दिने नीतिलाई निरन्तरता दिईएको छ ।

६) कृषि क्षेत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषणा गरि एकिकृत कृषि विकास नीति अनुरुप उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि विकास रणनीति बनाई विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । उल्लेखित कार्यको लागि आर्गनिक तरकारी खेतीलाई विशेष प्राथमिकता दिई अनुदानको व्यवस्था मिलाईएको छ ।

७) लघु उद्यमको विकासको माध्यमबाट गरिवी निवारण गर्न निजि क्षेत्र समेतको सहभागितामा लघु उद्यम कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।

८) संघीय तथा प्रदेश सरकारको कृषि नीति अनुरुप जमीनको खण्डिकरण रोकी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरीने छ । सहकारीतामा आधारित सामुहिक कृषि प्रणालीको माध्यमबाट भूमीहीन, बेरोजगार र विपन्न समुदायका लागि जीविकाको अनुकूलता सिर्जना गर्ने प्रयत्न गरिनेछ ।

९) सिमान्तकृत, अति विपन्न परिवारहरुको यथार्थ पहिचान गरी त्यस्ता परिवारहरुलाई गरीबीबाट मुक्त गर्न विभिन्न उपायहरुको खोजी गरी कार्यान्वयन गर्ने प्रयत्न गरिनेछ । त्यस्ता परिवारहरुलाई लक्षित गरी आयमूलक तथा शीपमूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

१०) निर्वाहमुखि कृषि प्रणालीलाई व्यवसायिकरण गर्नका लागि उन्नत विउविजन, मलखादको व्यवस्था मिलाईनेछ ।

११) कृषि र पशु सेवा क्षेत्रको विकासका लागि क्षमता शिप र शसक्तिकरणमा जोड दिदै सीपमूलक तालिम तथा आय आर्जनको कार्यक्रम संचालन गर्दै लगिनेछ ।

१२) निर्वाहमुखी परम्परागत कृषि तथा पशुपालन व्यवसायलाई संरक्षण गर्दै उन्नत पशुपालनको व्यवस्था मिलाई,व्यवसायिकरण तथा बजारीकरण गर्ने व्यवस्था मिलाइनेछ ।

१३) नगर क्षेत्रमा रोजगारी प्रर्वद्धन गर्नका लागि औद्योगिक क्षेत्रको स्थापन गर्न आबश्यक पहल गरि स्वदेशी लगानीकर्ता लाई लगानीको लागि प्रोत्साहन गरिनेछ । जसका लागि आबश्यक पूर्वाधार विकासको व्यवस्था मिलाइनेछ । नया स्थापना हुने १० करोड भन्दा माथि पूँजी लगानी गरी स्थानीय २५ जना भन्दा बढि व्यक्तिहरुलाई रोजगारी दिने उद्योगलाई ५ बर्षका लागि व्यवसायिक कर छुट दिने नीतिलाई निरन्तरता दिईनेछ ।

१४) नागरिकको स्वस्थ्यकर वस्तु सेवन गर्न पाउने अधिकारलाई सुनिश्चत गर्न नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सबै व्यवसायहरुको नियमन गरिनेछ । साथैस्वस्थकर मासु विक्रि वितरण गर्ने व्यवसायीहरुलाई अनुदानको व्यवस्था मिलाईएको छ ।

१५) पशु नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

१६) समृद्ध नेपाल सुखी नेपाली भन्ने संघीय सरकारले लिएको नारालाई मूर्तता दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नगरमा रहेको बेरोजगारी समस्यालाई समाधान गर्दै
लगिने छ ।

१७) कृषिलाई व्यवसायिकरण गर्नका लागि हाईटेक नर्सरीको स्थापना गरिनुका साथै टनेल तथा थोपा सिचाँई जस्ता प्रविधिहरुको विस्तार गरिने छ ।

१८) कृषि उपजमा किटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक विषादी र प्राङगारिक मलको प्रयोग गरी आर्गानिक उत्पादनमा बढावा दिईने छ ।

१९) प्रथम नगरसभाले लिएको एक वडा एक उत्पादन (OWOP) सम्बन्धि नीतिलाई निरन्तरता दिन जमिनको उत्पादकत्व र भूमिको प्रकारको आधारमा हरेक वडामा कृषि पकेट क्षेत्रका कार्यक्रमहरु सञ्चालन गरीने छ ।

२०) घरै बसीँ कमाईन्छ नोट, करेसाबारीमा रोपौँ कागती र खोर्सानीेको बोट भन्ने नारालाई सार्थक बनाउन उपयुक्त वडाको छनौट गरि कागती र खोर्सानी खेतीको थालनी गरिने छ । साथै
एभोकार्डो र ड्राईगनफ्रुटस खेती व्यापक रुपमा गरिने छ ।

२१) GIS पद्धतीद्धारा Land-Use प्रणालीको विकास गरी कृषि क्षेत्रको संरक्षण गर्ने नीति अवलम्बन गरिनेछ ।

२२) स्थानीय प्रजातिका धान, मकै, कोदो, कोसेवाली लगायतका अन्नहरुको संरक्षणको लागि स्थानीय बीउ संरक्षण र विकास गर्ने गरी बीउ बैंकको स्थापना गर्ने नीति अवलम्वन गरिने छ ।

२३) नगरलाई मौरीको महमा आत्मनिर्भर बनाउन एक घर एक मौरी घारको नीति अवलम्बन गरिने छ ।

२४) खुला तथा अनियन्त्रित रुपमा छाडिएका चौपायाको व्यवस्थापन गर्नका लागि हाल मौजुदा कान्जिहाउसलाई थप व्यवस्थित बनाउँदै लगिनेछ ।

२५) प्रांगारिक खेतीका लागि सम्भावित क्षेत्रहरुको पहिचान सगैँ उत्पादन र उत्पादकत्व वृद्धि गर्न नगर क्षेत्रभित्र उत्पादित प्रांगारिक वस्तुको ब्रान्ड प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।

२६) सुन्दरहरैँचा नगरपालिकाको वडा नं. ५ स्थित हसिना पर्यटकीय क्षेत्रमा पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ ।

२७) कृषि पेशाको सम्मान– कृषकलाई अनुदानै अनुदान भन्ने नारालाई स्थापित गर्न आधुनिक कृषि प्रणाली मार्फत उत्पादनमूलक कार्यमा संलग्न कृषकहरुलाई कृषि उपजहरुमा अनुदान दिई उत्पादनमूलक कार्यको लागि प्रोत्साहन गरिने छ ।

२८) उप–प्रमुख आत्मनिर्भर कार्यक्रम अन्र्तगत कृषि पेशालाई सामाजिक प्रतिष्ठा सहित आत्मा निर्भर पेशाको रुपमा स्थापित गर्दै उपयुक्त खेती गर्ने क्षेत्र पहिचानका लागि निशुल्क माटो
परिक्षणका लागि आ.ब. २०७७/०७८ देखी माटो परिक्षण प्रयोगशालाको स्थापना र सञ्चालन गरिने छ ।

२९) उप–प्रमुख आत्मनिर्भर कार्यक्रम अन्र्तगत व्यवसायिक कृषि, पशुजन्य उत्पादनलाई विशेष जोड दिने नीति अबलम्बन गरीने छ । जसका लागि सामुहिक तरकारी खेती, माछा पोखरी
निर्माण माछाको भुरा वितरण, बाख्रा पालन, गाई पालन, भैसी पालन, बंगुर पालन, बोयर बोका तथा बाख्रा वितरण, कुखुरा पालन जस्ता व्यवसायीक कृषि प्रणालीमा जोड्ने नीति अबलम्बन गरीने छ ।

३०) प्रथम नगरसभाले यस नगरलाई जंगल भित्रको व्यवस्थित शहर निर्माणका लागि लिएको नीतिलाई निरन्तरता दिईने छ । जसका लागि एक घर एक विरुवा, एक घर एक फलफूलको
विरुवा, एक घर १० गमला, हरेक कालोपत्रे सडकपेटीमा फलफूलका विरुवा रोप्ने, नदि किनारा, ऐलानी पर्ति जग्गमा व्यवसायीक बास खेती, नर्सरी स्थापना, हरीत टोलको घोषाणा
गर्ने नीति अबलम्बन गर्दै नगरलाई ग्रीन सिटी निर्माणको अवधारणामा बिकास गरिनेछ ।

३१) प्रथम नगरसभाले लिएको किप सुन्दरहरैँचा क्लिन सम्बन्धि नीतिलाई कार्यान्वयन गर्न सरसफाई सम्बन्धि मापदण्ड पूरा गर्ने सफा र हरित टोल निर्माण टोल विकास संस्थालाई पुरस्कृत गर्ने नीति अबलम्बन गरीने छ । जसका लागि नगर क्षेत्र मै सरसफाई को लागि उत्कृष्ट ठहर गरीएको टोल विकास संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कार दिईने छ ।