सुन्दरहरैचा बजेट : रातमा पनि झिलिमिली शहर

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको छैठौ नगरसभा सम्पन्न भएको छ । छैठौ नगरसभाबाट नगरले ०७७/०७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरसभाले ०७७/०७८ को लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरसभाले ०७७/०७८ को लागि भौतिक पुर्वाधार विकास तर्फ विभिन्न २६ वटा योजनाहरु नगरसभा समक्ष प्रस्तुत गरेको छ:-

१) नगर क्षेत्रभित्रका सडकहरुको नगरस्तरीय यातायात व्यवस्थापन गुरु योजना (MTMT) तयार गरि सोही बमोजिम निर्माण कार्य अगाडी बढाईने छ ।

२) सडक तथा यातायात विस्तार गर्दा पानीको श्रोत, वनजंगल, प्राकृतिक स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाईन गरिनेछ ।

३) ग्राभेल, एजिङ तथा कालोपत्रे निर्माण कार्यको लागत अनुमान तयार गर्दा सडक मापदण्ड भित्र पर्ने पोल सार्ने/फेर्ने, ह्युम पाईप समेतको लागत अनुमान तयार गरी सोही बमोजिम
कार्यान्वयन गर्ने नीति अवलम्बन गरिने छ ।

४) दीगो विकासको लक्ष्य प्राप्तीका लागि जनसहभागितामा आधारित आयोजना र कार्यक्रमहरु सञ्चालन गरिनेछन् । समुदायमा आधारित विकास आयोजना तथा कार्यक्रमहरु साझेदारी संघ÷संस्थाहरुसँग सहकार्य, स्थानीय उपभोक्ताको संलग्नतामा सञ्चालन गरिने छ । जसका लागि स–साना लगानी आवश्यक पर्ने कल्र्भट निर्माण वा मर्मत सम्भार, सडक ग्राभेल,
सामुदायिक भवन, सिंचाई, कृषि, विद्युतिकरण आदी कार्यक्रममा समुदाय वा उपभोक्तासँग साझेदारी गरी नागरीक अपनत्व सहितको विकास अगाडि बढाउने नीति अवलम्बन गरीने
छ । भौतिक पूर्वाधार निर्माणका कामहरुलाई गुणस्तरयुक्त र दीगो बनाउनको लागि निर्माण सामाग्रीहरुको गुणस्तर मापन गर्ने विषयलाई सुनिश्चित गरीनेछ ।

५) स्थानीय सरकारको अधिकारक्षेत्र भित्र रहेका सडकखण्डमा सडक सुरक्षाका लागि गति नियन्त्रण लगायतका ट्राफिक नियमसँग सम्बन्धित संकेतको व्यवस्था गरिने छ । साथै
नगर÷वडाबाट निर्माण हुने नयाँकालोपत्रेमा यु–टर्न तथा बाटो घुमाउरो भए Solar Powered Traffic Signal Light जडान गर्ने नीति अवलम्बन गरीने छ । उल्लेखित नीति कार्यान्वयन गर्ने पहिलो चरणको रुपमा आ.ब. २०७७/०७८ मा नमुनाको रुपमा पूर्व पश्चिम लोकमार्ग तथा पुराना कालोपत्रे सडकहरुमा जडान गरिने छ ।

६) नगरको भौगोलिक एवम् क्षेत्रगत सन्तुलनलाई मध्यनजर गरी महत्वपूर्ण मानिएका ठूला पूर्वाधारजन्य आयोजनाहरुलाई प्राथमिकताका साथ रकम विनियोजन गरी संचालन गर्दै लैजाने
नीति अबलम्बन गरिनेछ । जसका लागि साना र टुक्रे आयोजनाहरुलाई निरुत्साहन गरिनेछ ।

७) नगरपालिका क्षेत्र भित्र सञ्चालित सिटी सफारी तथा टेम्पुहरुलाई वार्षिक नवीकरण गरि रुट निर्धारण गरिने छ ।

८) सडक सञ्जाल निर्माण गर्दा उत्पादन र उत्पादकत्व वृद्धिका लागि उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखि सडक सञ्जालको विकास र विस्तार गर्दै लैजाने नीति अवलम्बन गरीने
छ ।

९) कृषकहरुको जीवनस्तरमा सुधार ल्याई नगरको आर्थिक समृद्धिमा कृषि पेशालाई जोड्ने उद्धेश्य परिपूर्तीका लागि नगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि सँग सम्बन्धित
आयोजनाहरु छनौट गर्दा कृषि पकेट क्षेत्रलाई आधारको रुपमा लिई पूर्वाधार विकास गर्दै लैजाने नीति अबलम्बन गरीने छ ।

१०) नगर क्षेत्रका सानातिना सडकहरु मर्मत संभार तथा स्तरोन्नतीका लागि मर्मत सम्भार कोष मार्फत सडक मर्मत सम्भार र स्तरोन्नती गर्ने कार्यलाई यथासम्भव उपभोक्ताको साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ ।

११) नगर भित्र निर्माण हुने संरचनाहरु अपाङ्ग मैत्री, बालमैत्री, लैंगीकमैत्री, वातावरणमैत्री साथै जेष्ठ नागरिकमैत्री बनाउने नीति अवलम्बन गरिनेछ ।

१२) रातमा पनि झिलिमिलि सहर– सुन्दरहरैँचा बासीको रहर भन्ने प्रथम नगरसभाले लिएको नीतिलाई कार्यान्वयन गर्न बैकल्पिक ऊर्जा कार्यक्रमको माध्यमबाट “नगर प्रमुख उज्यालो
सुन्दरहरैंचा कार्यक्रम” सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।

१३) समुदायको अग्रसरतामा व्यवस्थित वस्ती विकास गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै सिमान्तकृत तथा अति विपन्न वर्गको बसोबास क्षेत्रलाई प्राथमिकतामा राखि बस्ती विकासमा सघाउ पु¥याइने छ ।

१४) आ.ब. २०७५/०७६ देखि निर्माण प्रारम्भ भएको विराटचौक घिनाघाट मार्गको १ किलोमिटर सडक क्षेत्र वाकिङ स्ट्रिट निर्माण गर्ने कार्य प्रारम्भ भएकोले श्रोतको व्यवस्थापन गरि उक्त
आयोजनालाई आगामी आ.ब. मा समेत निरन्तरता दिईनेछ ।

१५) पूर्वाधार विकासका निमित्त सामाजिक, आर्थिक, भौगोलिक तथा वातावरणको असरको सम्बन्धमा अध्ययन गर्न प्रारम्भिक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव परिक्षणलाई
अवस्था अनुसार अनिवार्य बनाउँदै लैजाने नीति अवलम्बन गरिनेछ ।

१६) भौतिक पूर्वाधारहरु निर्माण गर्दा तोकिएको मापदण्ड कायम गर्न अनुगमन प्रणालीलाई सशक्त बनाउने नीति अवलम्बन गरिनेछ ।

१७) उपभोक्ता समिति र निर्माण व्यवसायी मार्फत निर्माण गरिने भौतिक पूर्वाधारहरुको निर्माण कार्यमा अनावश्यक ढिला सुस्ती गर्ने, गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती र निर्माण
व्यवसायीलाई दण्डीत गरिने, कालोसुचिमा राखिने, भविष्यमा कुनै यस्तो कार्य गर्न अयोग्य ठहराउन सक्ने, जमानत जफत गर्ने जस्ता कार्यहरु मार्फत नियमनको व्यवस्थालाई निरन्तरता
दिईनेछ ।

१८) उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएका आयोजनाहरु नियमानुसार उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने नीति अवलम्बन गरिनेछ ।

१९) बोलपत्र (ठेक्का) प्रकृया मार्फत सञ्चालन गरिने आयोजनाहरु सम्बन्धित वडाका वडाध्यक्षको रोहवरमा आयोजना समन्वय समिति निर्माण गरि उल्लेखित आयोजना सञ्चालन गरिनेछ ।

२०) तोकिएको लागत सहभागिता र जनसहभागीतामा सहभागी नहुने, विकास निर्माणमा असहयोग गर्ने उपभोक्ताहरुलाई नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा सुविधाहरु
बाहेक अन्य सेवा सुविधामा रोक लगाइनेछ ।

२१) नगरका सवै वडाहरुमा ठूला आयोजनाहरु सडक, खानेपानी, सिचाईँ एवम् अन्य पूर्वाधार निर्माणमा म्एच् निर्माण गरि व्यवस्थित रुपमा कार्य गरिने छ । नगरभित्रका पूर्वाधार निर्माण गर्दा वडास्तरीय, नगरस्तरीय र प्रदेश/संघस्तरीय योजना गरी तीन तहमा वर्गीकरण गरी कार्यान्वयन गरिने छ ।

२२) नगरको सौन्दर्यलाई कायम गर्न अव्यवस्थित रुपमा रहेका पोल र सोमा जडान गरिएका तारहरुलाई व्यवस्थित बनाउँदै लैजाने नीति अवलम्बन गरिएको छ ।

२३) भवन निर्माण हुन बाँकी रहेका वडाहरुमा चालु आर्थिक वर्षबाट नै वडा कार्यालयको भवन निर्माण कार्य थालनी गरिने छ ।

२४) सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ मा निर्माणाधिन सुविधा सम्पन्न ईलेक्ट्रिक शवदाह स्थल र पार्क निर्माण गरिने छ । साथै सुन्दरहरैँचा नगरपालिकाको वडा नं. ११ र १२ को उपयुक्त स्थानमा समेत सुविधासम्पन्न शवदाह स्थल बनाईने छ ।

२५) पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी नीति अनुशरण गरी लागू गरिने छ ।

२६) नगरको विकासका लागि स्थानीय बुद्धिजिवी, समाजसेवी, विषयविज्ञ, सुन्दरहरैँचा नगरपालिकाबाट अन्यत्र देश भित्र तथा बाहिर बसोबास गरेका तथा संघीय राजधानी काठमाण्डौलाई कर्मक्षेत्र बनाएका काठमाण्डौँमा बस्ने सुन्दरहरैँचा नगरवासीहरु को काठमाण्डौ–सुन्दरहरैँचा सम्पर्क समाज सुन्दरहरैँचा नगरपालिकाका गौरवका तथा अन्य आयोजनाहरुमा सल्लाह, सुझाव तथा आवश्यक सहयोग एवम् समन्वय गर्ने नीतिलाई
निरन्तरता दिईनेछ ।