प्रदेश १ मा थप ७० जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ३५५ पुग्यो

सुन्दरहरैंचा । सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको कोरोना अस्पतालबाट बिहीबार एकै दिन ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोख्रेलले जानकारी दिए । डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरेका थिए । विहिबार ७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । यसैबीच प्रदेश १ मा विहिबार ७ जना संक्रमित थपिएका छन् । मोरंगमा १, सुनसरीमा २ र झापामा ४ जना थपिएका हुन् ।

यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।