सुन्दरहरैचा १२ ले असार १४ देखि सामजिक सुरक्षा भता वितरण गर्ने

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका वडा नं १२ ले आर्थिक वर्ष ०७६/०७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता असार १४ देखि वितरण गर्ने भएको छ।

असार १४ गते आइतबार देखि असार २१ गते आइतबारसम्म टोल अनुसार तालिका बनाएर भत्ता वितरण गर्न वडा सचिव अनिल पोखरेलले जानकारी दिए ।

उनले सबैलाई एकै पटक वितरण गर्दा बैंकमा भीडभाड हुने हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम हुने भएकाले टोल अनुसार भत्ता वितरण गर्न लागेको बताए ।

वडाले सार्बजनिक गरेको तालिका अनुसार असार १४ गते आइतबार शुक्रबारे प्रणाम टोल, १५ र १६ गते खोर्साने टोल, १७ गते क्याम्पस टोल, १८ गते संगम टोल, १९ र २१ गते सिद्धेश्वर टोलका जेष्ठ नागरिकहरूलाई भत्ता वितरण गरिने जनाइएको छ।

हरेक दिन दिउँसो ३ बजे देखि दैनिक २५/३० जनाका दरले भत्ता वितरण गर्ने योजना छ । भत्ता सनराइज बैंक बिराटचोक शाखाबाट वितरण गरिने छ।




Leave a Reply

Your email address will not be published.