मोरङमा भारु नगद सहित एक जना पक्राउ

विराटनगर । मोरङमा भारु नोट सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

२पक्राउ पर्नेमा विराटनगर १७ बस्ने वर्ष २५ कि कोरेसा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकी खातुनको साथबाट भारु ५०० को नोट ४०० वटा गरी भारू २०००००। (दुई लाख) बरामद गरेको प्रहरीले जनाएको छ ।

खातुनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।