अनेरास्ववियुका प्रभावशाली नेता आलम एमसिसी विरुद्द सडक आन्दोलनमा

विराटनगर । नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसिसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरमा बुधबार विरोध प्रदर्शन गरेको छ ।

एमसीसी संसदबाट खारेज हुनुपर्ने र नेकपाको सचिवालय बैठकले अस्वीकार गर्नुपर्ने भन्दै अनेरास्ववियू विरोध प्रदर्शनमा उत्रिएको हो ।

प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको यो सम्झौताको विषयमा मातृ पार्टी नेकपा भित्रको पक्ष र विपक्षको बहस सडकमा समेत विरोध प्रदर्शनको रुपमा देखिन थालेको छ ।

तर अहिले अनेरास्ववियुले निकालेको विरोध सभा अनेरास्ववियुले गरेको हैन भन्दै अनेरास्ववियु ( ओली निकट ) विधार्थी नेताहरुले सामाजिक सञ्जालमा लेखेका छन । विद्यार्थी संगठन भित्र अराजकता मौलाएको भन्दै अखिलका केन्द्रीय निर्वाचन आयोग संयोजक भाष्कर खनालले प्रदर्शनको विरोध गर्दै फेसबुक पेजमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।

यता अनेरास्ववियुका विधार्थी नेता वासिम आलमले भने यो आन्दोलन अनेरास्ववियुले नै गरेको जनाएका छन । सामाजिक सञ्जालमा कस्ले के भन्यो भन्दा पनि आफू केन्द्रीय कमिटीमा रहेको र आफू स्वयम् पनि आन्दोलनमा उपस्थिती भएको भन्दै यो आन्दोलन अनेरास्ववियु कै रहेको आलमले बताएका छन ।

उनले आफू एमसिसीको विरोधमा भन्दा पनि एमसिसीका केही बुदाहरु परिमार्जन गरेर मात्र अघि बढ्नु पर्नेमा रहेको उनले बताए ।

उनले अनेरास्ववियु कै केही नेताहरुलाई लागेको छ आफू बाहेक अरुले मोरङमा आन्दोलन गर्न सक्दैन भन्ने तर त्यो कुरा आफुले तोडेको दाबी गरे ।

केन्द्रीय नेता वासिमआलम, केन्द्रीय सदस्य जिसस न्यौपाने, केन्द्रीय निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहतासहित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षहरु सडकका निस्केका हुन ।

केन्द्रीय स्तरमा प्रभावशाली मानिएका अखिलका नेता वासिम आलमले ओली निकटका केही विधार्थी नेताहरुको भनाईलाई अलग पार्दै युवा विधार्थीलाई सडकमा उतारेका छन ।