बेलबारीको बजेट १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९६५ रुपैया

बेलबारी । बेलबारी नगरपालिकाको छैठौ नगरसभा सम्पन्न भएको छ । छैठौ नगरसभाबाट नगरले २०७७/०७८ का लागि अनुमानित बजेट विनियोजन गरेको छ ।

उपप्रमुख ढाका पराजुली नगरसभाबाट बुधबार २०७७/०७८ का लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९६५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकि छिन ।

बजेट अनुसार कुल बजेटको चालु खर्च र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ ।
नगरसभाले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ ल्याएको छ ।
गरिवसँग नगरपालिका कार्यक्रम अन्तरगत विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुँजिको अभावमा जिविकोपार्जन गर्न कठिन भएका ब्यक्ति तथा समुहहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार बिनियोजन गरेको छ ।
कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सिप र क्षमता भएर पनि ब्याबसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरेको छ । बोयर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख बिनियोजन गरेको छ । नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा विपत सहजताका लागि १ करोड रुपैया नगरशभाले बिनियोजन गरेको छ ।
एक वडा एक उत्पादन कार्यक्रमलाई सफल पार्न प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैया र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख बिनियोजन गरेको छ । कृषिलाई आधुनिकरण र ब्याबसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाँझो जग्गा राख्न नपाइने समेत नगरपालिकाको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने समेत नगरसभामा जानकारी गराइएको छ । लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बन्न लागेको बेलबारी कम्प्लेक्स , रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकिय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई नगरपालिकाले आफनो गौरवको आयोजनाका रुपमा लिएको छ । समुह तथा सहकारसँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थापना गर्ने नगरसभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थापना गरी
स्वस्थ बिरुवा उत्पादन गर्ने तथा स्थानिय मौलिक खानाका परिकारको उत्पादन प्रबद्र्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरीएको छ । फुल खेतिलाई समेत प्राथमिकता दिईएको छ ।