केराबारी गाउँपालिकाको बजेट ६८ करोड ४४ लाख

मोरङको केराबारी गाउँपालिकाले ६८ करोड ४४ लाख ३५ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार छैटौ गाउँसभा मार्फत आगामी आर्थिक बर्ष २०७७÷०७८ को अनुमानित बजेट सार्बजनिक गरेको हो ।

हिमचुलि सामुदायिक बन उपभोक्ता समुहको भवनमा आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बु भुजेलले अनुमानित बजेट प्रस्तुत गरेकि हुन । गाउँपालिकाको प्रस्तुत बजेटमा कुल आन्तरिक आय ११ करोड ५३ लाख हुने अनुमान गरेको छ ।

संघिय सरकारबाट वितिय समानिकरण अनुदान ११ करोड ३९ लाख, सशर्त अनुदान १८ करोड ७१ लाख, राजश्व वाँडफाँड तर्फ ८ करोड ७३ लाख ९७ हजार र अन्य सशर्त अनुदान ५८ लाख त्यसैगरी प्रदेश सरकारबाट वितिय समानिकरण अनुदान ७२ लाख ३ हजार, सशर्त अनुदान तर्फ २४ लाख, राजश्व बाँडफाड तर्फ ५२ लाख १३ हजार, समपुरक अनुदान १ करोड, चालु वर्षको मौज्दात २ करोड ९७ लाख २५ हजार त्यस्तै जिल्ला समन्वय समितिबाट १ करोड, सामाजिक सुरक्षा भत्ता ९ करोड गरी जम्मा ६८ करोड ४४ लाख ३५ हजार ५ सयको बजेट सीमा तय गरिएको गाउँसभामा प्रस्तुत गरिएको छ ।