इटहरीको बजेट १ अर्ब ७८ करोड

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्व ७८ करोडको बजेट सार्वजनिक गरेको छ ।

बुधबार उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तूत गरेकी हुन् ।

उपमहानगरपालिकाले कृषि तथा पशु विकास कार्यक्रमका लागि रु ३ करोड ७५ लाख बिनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख बजेट बिनियोजन गरेका छ भने शिक्षा क्षेत्रमा २ करोड र विपन्न समुदाय बस्ती बिकास कार्यक्रमका लागि ५० लाख बजेट बिनियोजन गरेका छ ।

त्यस्तै स्मार्ट पार्किङ योजना संचालनका लागि रु. ५ करोड २५ लाख, विपद व्यवस्थापनका लागी रु १ करोड, नगर यातायात तथा सडक सुशासन कार्यक्रमका लागि रु. ५० लाख, नदि नियन्त्रण सम्वन्धि योजना संचालनका लागी रु. १ करोड ५० लाख, इटहरी क्षेत्रको आमसंचारलाई थप विकास गर्न रु २५ लाख बजेट विनियोजन भएको छ ।
साथै अन्य विभिन्न शिर्षकमा बजेट बिनियोजन भएको छ ।