कोशी अस्पतालमा बिरामी कुरुवा बसेकी युवती माथी जबरजस्ती करणीको प्रयास

विराटनगर । विरामीको कुरुवा बसेका अवस्थामा कोशी अस्पताल विराटनगरको वार्डमा एक युवतीलाई जर्वरजस्ती करणी प्रयास भएको छ ।

अस्पतालको महिला वार्डको बेड नं २०२ मा विरामीलाई राखिएको थियो । उनलाई रेखदेख गर्नका लागि २५८ नम्बर बेडमा युवती सुति रहेकी थिइन् । त्यसैबेला जर्वरजस्ती करणी प्रयास भएपछि उनले होहल्ला गरेकी हुन् ।

पीडित युवती सुतिरहेको अवस्थामा ती युवकले करणी प्रयास गरेसँगै प्रतिकारपछि भागेका थिए ।

प्रहरीमा पीडित युवतीले घटना बारे जानकारी गराएसँगै अनुसन्धान सुरु गरिएको छ ।