सुन्दरहरैचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट सार्वजनिक

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाको छैठौ नगर सभा सम्पन्न भएको क ।

छैठौ नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट ल्याएको छ ।

सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैया बजेट नगरउपप्रमुख धनमाया तामाङले बुधबार बसेको छैटौँ नगरसभा समक्ष प्रस्तुत गरेकी हुन् ।