सुन्दरहरैचामा थप एक जनामा कोरोना, संक्रमीत संख्या ८ पुग्यो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

सुन्दरहरैचा वडा नं ९ का २२ वर्षिय एक जना पुरुषमा कोरोना भेटिएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

असार ७ गतेको पिसिआर टेष्टबाट उनको रिपोर्ट पोजेटिभ आएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उनी केही दिन अघि मात्र भारतबाट आएका थिए । उनी नगरपालिकाले सञ्चालन गरेको सलकपुर स्थित क्वारेन्टिनमा बस्दै आएका थिए ।

सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ भने कोरोना निको हुनेको संख्या १ पुगेको छ ।