आत्महत्या दुरुत्साहन मुद्दामा श्वेताका पुर्व प्रेमी पराजुली विरुद्द अदालतबाट म्याद थप

विराटनगर । उदयपुर बेलका नगरपालिका २ निवासी श्वेतालाई आत्माहत्या गराउन बाध्य बनाएको आरोपमा उनका पूर्व प्रेमी सुन्दरहरैंचा–१० का सबिन पराजुली विरुद्ध प्रहरीले अदालतमा म्याद थप गरेको छ ।

अनुसन्धानका लागि पराजुलीलाई सोमबार नियन्त्रणमा लिएको प्रहरीले मंगलबार अदालतबाट म्याद थप गरेको हो ।

विराटनगर–३ मा डेरा बस्ने २४ वर्षीया पोखरेलसँग प्रेम सम्बन्ध भएका सबिनले विवाह गर्न नमानेपछि अर्को विवाहको तयारीमा उनी पुगेकी थिइन् । त्यसपछि पराजुलीले उनमाथि दवाव सिर्जना गर्दै पहिलाको तस्बीरहरु सार्वजानिक गरेका थिए । त्यसले उनलाई आत्माहत्या गर्न दुरुत्साहन गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए ।

पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा ७ दिनको लागि म्याद थप गरिएको छ ।