सुनसरीमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

इटहरी । सुनसरी इनरुवा-७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउसो पौने १ बजे इटहरी-८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा रहेको इटहरी प्रहरीले जनाएको छ ।