विराटनगरमा टिपर र स्कुटर ठोक्किदा दुई घाइते

विराटनगर । विराटनगरको राजवंशी चौकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो विराटनगरबाट इटहरीतर्फ आइरहेको को १ ख ४३२२ नम्बरको टिपरले सोही दिसातर्फ आईरहेको को २० प ३९२४ नम्बरको स्कुटरलाई ठक्कार दिँदा दुर्घटना भएको हो ।

उक्त सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका–१ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको नेमुवा ट्राफिक प्रहरी बिटले जानकारी दिएको छ ।