सुन्दरहरैचाका युवराजको शव नेपाल ल्याइदै

सुन्दरहरैचा । बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाहरुको शब सरकारले घर सम्म ल्याईदिने भएको छ ।

१७ जिल्लाको २४ जनाको शब आज नेपाल आईपुग्ने भएको छ । कतारबाट २०,साउदी अरव,कुवेत र यूएईबाट एक एक गरी २४ जनाको शब नेपाल ल्याउन लागिएको हो ।

२४ जना मध्ये एक जना मोरङको सुन्दरहरैचा नगरपालिकाका रहेका छन । केही समय अघि वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका सुन्दरहरैचा नगरपालिकाका उक्त व्यक्ती युवराज अधिकारी रहेका छन ।