हिलाम्य सडक , सुन्दरहरैचावासी समस्यामा, वर्षा याममा बजेट छर्छ सरकार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाको व्यापारीक शहर विराटचौकका अधिकांश भित्री सडकहरु देखि बजारका सडकहरु हिलाम्य छन ।

सुन्दरहरैचाका अधिकांश सडक बर्षा सुरु हुन नपाउदै हिलाम्य हुन थालेका छन् । सडकका विच विचमा खाल्डा खुल्डी त छदै थियो त्यसमाथि बर्षा सुरु भएसंगै पानी जम्न थालेको छ ।

सडक निमार्ण कार्यमा भएको ढिलासुस्ति तथा लकडाउनका कारण समयमा नै सडक निमार्ण हुन नसक्दा सुन्दरहरैचा वासीहरु सास्ती खेप्न वाध्य भएका छन् ।

सुन्दरहरैचाका थुप्रै सडकहरु निमार्ण तथा विस्तार भएता पनि घिनाघाट सडक र विराटचौक मा पर्ने पुर्व पश्चिम लोकमार्गका सडक भने हाल सम्म बन्न सकेको छैन ।

सडक सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको भए पनि सडकको गुणस्तर सुधार हुन सकेको छैन ।

बर्षा सुरु हुन नपाउदै अधिकांश सडकको अवस्था दर्दनाक रहेको छ । यहाँ समस्या हिलाम्य सडकको मात्र होइन ढल व्यवस्थापनको पनि हो । सुन्दरहरैचा नगरपालिकाले लगानी लगाएर ढल व्यवस्थापनको लागि नालाको निमार्ण गरेता पनि त्यसको व्यवस्थापन भने फितलो भएको देखिएको छ । सडक निर्माणका साथै ढल निर्माणको समयमा लामो समय सम्मको योजना नहेरी बनाईदा अहिले सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा ढल निकासको व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ ।

नालामा फोहोर तथा प्लाष्टिकहरु फालिएका छन् । जसको असर प्रत्यक्ष रुपमा जनसमुदायलाई परेको छ ।

विराटचौक देखि विराटनगरमा पर्ने घिनाघाट सडक प्रदेश १ सरकारको योजनामा परेको सडक हो भने सुन्दरहरैचा नगरपालिका स्थित पुर्व पश्चिम लोकमार्गमा निर्माण भईरहेको सडक सडक डिभिजन कार्यलय मोरङको योजना हो ।