पिसिआर नेगेटिभ आएपछि बेलबारीको क्वारेन्टिनबाट २० जना घर फर्किए


असार ४
बेलबारी नगरापलिकाले स्थापना स्थापना गरेको क्वारेन्टिनमा बसेका मध्ये २० जनाको कोरोना परिक्षण नेगेटिभ आएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको पिसिआर परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिनबाट विदा गरिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका मध्ये अहिलेसम्म जम्मा ३८ जना घर फर्किएका छन् । परिक्षणका क्रममा संक्रमण नदेखिएका उनीहरु घर फर्किएका हुन् । अहिले बेलबारीको क्वारेन्टिनमा २९ जना रहेका छन् ।