बेलबारी जेसिजका अध्यक्ष खत्रीले २ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने

असार ४
कोरोनाका कारण दुबईमा ज्यान गुमाएका बेलबारी २ का एक ब्यत्तिकी ६ वर्षिया छोरीलाई बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले आधारभुत तहसम्म अध्ययन गराउने घोषणा गर्नुभएको छ । बेलबारी जेसिज २०२० का अध्यक्ष राजेश खत्रीको एकल आर्थिक योगदानमा जेसिजका तर्फबाट ती ६ वर्षिया वालिकालाई निशुल्क अध्ययन गराइने भएको हो । शिक्षा सन्देश ई.स्कुलमा अध्ययनरत ति वालिकालाई बेतना पुस्तक पसलका प्रोपाईटर एवम् बेलबारी जेसिज २०२० का अध्यक्ष सल्लाहकार बावुराम चौधरीले अध्ययनका लागि चाहिने स्टेसनरी सामग्रीहरु निशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको छ । यस्तै अध्यक्ष राजेश खत्रीले जेसिजको आफ्नो कार्यकाल भरी बेलबारी नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत १० जनालाई २ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ । खत्रीले आफ्नै एकल खर्चमा सो छात्रवृत्ति प्रदान गर्ने बताउनुभएको हो ।