सुन्दरहरैचाका कोरोना संक्रमित पनि डिस्चार्ज भए

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा भेटिएका कोरोना संक्रमित एक जना व्यक्ती निको भई आज बिहिबार डिस्चार्ज भएका छन ।

सुन्दरहरैचा नगरपालिका वडा नं १ का एक जनालाई केही समय अघि कोरोना संक्रमणको पुष्टि भएको थियो । उनलाई प्रदेश १ सरकारल सञ्चालनमा ल्याएको गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयमा रहेको कोभिट अस्पतालमा राखेर उपचार गरिएको थियो ।

उनलाई पटक पटक गरि दुई चोटि पिसिआर पद्दतिबाट चेक जाच गरि कोरोना संक्रमण नभेटिएपछी आज बिहिबार डिस्चार्ज गरिएको हो ।

निको भएका उनलाई सुदरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले फुल दिएर अस्पतालबाट विदाई गरेका थिए ।




Leave a Reply

Your email address will not be published.