पौडी खेल्न गएका युवाको बाघझोडा पोखरीमा शव भेटियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको बाघझोडा पोखरीमा एक युवाको शव भेटिएको छ ।

आइतबार साझ पौडी खेल्न गएका २३ वर्षिय आकाश राईको सोमबार बिहान शव भेटिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।

प्रहरी निरिक्षक ढकालका अनुसार राई साथी सग फुटबल खेलेर फर्केपछी नुहाउन भन्दै पोखरीमा पसेका थिए । पोखरीमा पसेका राई बेपता भए पछि आइतबार साझ देखि नै प्रहरीले राईको खोजी कार्य तिव्र बनाएको थियो ।

राती अबेर सम्म राईलाई नभेटेपछी पुन बिहान देखि प्रहरीले राईको खोजी कार्यलाई निरन्तरता दिएको थियो ।

प्रहरी निरिक्षक ढकालका अनुसार ईलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन कार्यदल चन्द्रगढी झापाको टोलि र स्थानीय युवाहरुको सहयाेगमा खोजी गरि शव भेटिएको प्रहरी निरिक्षक ढकालले बताए ।

भेटिएको राईको शवलाई पोष्टमाटमको लागि मंगलबारे अस्पताल लगिएको प्रहरीले बताएको छ ।