बाघझोडा पोखरीमा पौडी खेल्दा युवा बेपत्ता

सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको पर्यटकिय क्षेत्र बाघझोडा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवा बेपत्ता भएका छन । आईतवार साझमा करिब ७ बजेको समयमा पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका २३ वर्षीय आकाश राई बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

राती अबेरसम्म पनि खोजी गर्दा उनी नभेटिएको इलाका प्रहरी कार्यालय प्रमुख ऋषीराज ढकालले जानकारी दिए । राईको इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन कार्यदल चन्द्रगढी झापाको टोलिले खोजि गरिरहेको प्रहरीले जनाएको छ ।