विराटचौकमा सरकार विरुद्द पर्दशन

सुन्दरहरैचा । सरकारको गलत कार्य विधि विरुद्द यति खेर देश व्यापी रुपमा आन्दोलन भईरहेको छ ।

कोरोना विरुद्द लड्न सरकारले बनाएको कार्यविधी विरुद्द मोरङको सुन्दरहरैचा नगरपालिकामा पनि चर्को आन्दोलन भएको छ ।

मंगलबार सुन्दरहरैचाका केही युवा समुहमा भेला भएर सरकारको गलत कार्यविधी विरुद्द सडकमा उत्रीन बाध्य भएको उक्त कार्यक्रमका संयोजक राजिब रिमालले बताए ।

सरकार कोरोनाको महामारीमा पनि भ्रष्टचारमा लिप्त भएको भन्दै सरकारले कोरोनाको नाममा गरेको खर्च सार्वजनिक गर्न समेत रिमालले आग्रह गरेका छ ।

सयौको संख्यामा भेला भएका युवाहरुले सुन्दरहरैचा नगरपालिकाको कार्यलय विराटचौकमा भेला भएर सुन्दरहरैचाको बुधबारे बजार सम्म पुगेर कोण सभा गरि कार्यक्रम सम्पन्न गरेका थिए ।