नयाँ नक्सा अनुमोदन: सुन्दरहरैचामा दिप प्रज्ज्वलन

सुन्दरहरैचा । लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो । देशका विभिन्न स्थानहरुमा नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका स्थित विराटचोकमा पनि केही युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् । दिपावलीमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायतका केही युवाहरुको उपस्थिती रहेको थियो ।