बम राखेर भाग्दै गरेको अवस्थामा नेकपाका नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।