गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना, संक्रमितको संख्या १९७ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान ५ः५० मा सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।