मोरङको पथरीशनिश्चरेमा पनि भेटियो एक जनामा कोरोना

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पनि एक जनालाई कोरोना भाईरसको सक्रमण भेटिएको छ । भारतको उत्तरप्रदेशबाट काठमाडौ हुदै पथरीशनिश्चरे आइपुगेका ४२ बर्षे युवामा कोरना पोजेटिभ भेटिएको हो ।

पथरीशनिश्चरे नगरका जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यका अनुसार संक्रमित युवाको संपर्कमा आएका एक प्रहरी र संगै आएका ५० बर्षिय पुरुषलाइ समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको कोभिड अस्पताल गोठगाउमा उपचार थालिएको छ ।