कारको ठक्करबाट सुन्दरहरैचामा एक महिलाको मृत्‍यु

सुन्दरहरैंचा । मोरंगको सुन्दरहरैंचामा कारको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कारको ठक्करबाट सुन्दरहरैंचा–६ बस्ने ४२ बर्षीया हिमा आचार्यको मृत्यु भएको हो ।

बिहीबार सुन्दरहरैंचा नगरपालिका स्थित दुलारी चौकमा को १ च ८४८३ नम्बरको कारले साइकलमा सवार हिमालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाईते भएकी उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा शुक्रबार दिउँसोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

कार र कार चालक सुनसरीको इटहरीका ललित विकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।