शनिबार पनि बैकहरु खुला राख्न नेपाल राष्ट्र बैकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले भोलि शनिबार बैङ्कहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्कका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार बैङ्कमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।