अब मोटरसाईकल चलाउन पाइने,एक जना भन्दा बढि चढ्न नपाइने


लकडाउनलाई केही खुकुलो बनाएको सरकारले अब साइकल तथा मोटरसाइकल चलाउन दिने भएको छ ।
तर मोटरसाइकलमा एक जनामात्रै चढ्नुपर्ने व्यवस्था सरकारले अनिवार्य गरेको छ । मोटरसाईकल चलाउन पाइने तर एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकल चलाउन दिने तर मोटरसाइकलमा चालकमात्रै हुनुपर्ने निर्णय गरेको हो ।
आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर पैदल आवागमन गर्न पाइने भएको छ । नर्सरी र वनजन्य उद्यमसँग सम्बन्धित व्यवसाय पनि खुला गरिएको छ ।