प्रदेश १ का मुख्य मन्त्री राईको पुत्लादहन

उर्लाबारी । प्रदेश १ सरकारले मोरङ्को उर्लावारी-३स्थित मंगलबारे अस्पताललाई “मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर”मा स्तरोन्नित गरेर विकास गर्ने आफ्नो नीति तथा कार्यक्रम ल्याएपछि हाल नगरबासिले त्यस्को चौतर्फी बिरोध थालेका छ्न ।

अस्पतालको नाम परिवर्तनमा असन्तुष्ट बनेका स्थानीवासीले प्रदेश सरकारको हेपाह प्रवृत्तिको बिरोध गर्दै प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईको बिहिवार पुत्लादहन गरेका छ्न । कोरोना कहरले देश नै यति बेला अस्त्ब्यस्त बनिरहेको समयमा प्रदेश नम्बर १ सरकारले स्वास्थ जस्तो क्षेत्रमा अस्पतालको स्तर उन्नतिका नाममा फोहोरी खेल खेदै जिउदो इतिहासलाई मेटाएर नगरवासिको भवाना माथी कुठारघात गर्न उद्द्त रहेको उनिहरुले भनाई रहेको छ ।

बुधवार प्रदेशसभा बैठकमा मन्त्री राईले मदन भण्डारी अस्पताल नामाकरणको विपक्ष मा अावाज उठनु निन्दनीय भएको अभिव्यक्ति दिएका थिए। राईले स्थानीय केही युवाले मंगलबारेमै सुरु गरिएको विरोधको प्रतिवाद गर्दै मुख्यमन्त्री राईले भने, ‘मदन भण्डारीको नामलाई अस्विकार गर्नु भनेको समग्र देशको परिवर्तनलाई अस्विकार गर्नु हो। परिवर्तनलाई अवज्ञा गर्नु सरह हो।’ राईको यो अभिव्यक्ति आएसगै स्थानीयहरु झनै आक्रोसित बनेका छ्न ।

अस्पताललाई स्‍तरोन्‍नती गरेर नाम परिवर्तन गर्दा भुगोल सग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै स्तानिय वासिले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउदा पनि सरकारले सुनेको नसुनेझै गरेको छ । उनीहरले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गर्दै सरकार मतहतका विभिन्न निकाएलाई ध्यानाकर्षण पत्र समेत बुजाई सकेका छ्न । तर सरकारले त्यस्को ठाडो अवज्ञा गर्दै आफ्नो कार्यक्रमलाई अगाडि बडाउने प्रयत्न गरेको छ ।

मंगलबारे अस्पताललाई प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थानिय भुगोलको पहिचानसग जोडिएको अस्पतालको नाममा राजनिती गर्न खोजे जस्तो सुकै मुल्य चुकाउन तयार रहेको समेत स्थानीयहरुले बताएका छ्न ।

सरकारले विशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेपनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण भएको छैन । नयाँ आर्थिक वर्षबाट प्रदेश सरकारबाट अस्पतालालई बजेट ल्याउने तयारी गरेको हो सो तयारिकै सिलसिलामा नमाकरणको विषय प्रस्ताव र नितितथा कार्यक्रममा घुसाएर बिबादास्पद बनाएको छ ।

स्थानीयहरुले प्रदेश सरकारले मंगलबारे अस्पताल स्त्तरोन्नित गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेपनि मंगलबारे अस्पतालको पहिचान नै मेटिने गरिन नाम अगाडि सारिदा आफूहरुको आपत्ति रहेको बताएका छन् ।

२०४९ सालमा स्थापना भएर १५ शैय्याको मंगलबारे अस्पतालमा स्तरोन्नती भएको थियो । प्रदेश सरकारले अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ । त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । अस्पतालमा करोडौंको उपकरण खरिद गरेर जडान भइसकेको छ । अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको श्ल्यक्रिया पनि उपलब्ध गराउँदै आएको छ ।

पूर्व पश्चिम राजमार्गमा सगै जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको हो । मोरङको सुदूरपूर्वी भेगमा रहेको यो अस्पतालमा हरेक दिन बिरामीको चाप हुन्छ । त्यसैले पनि यो अस्पतालको स्तरोन्‍नती आवश्यक देखिन्छ
तर नाम नै परिवर्तन गर्ने अनि मात्र स्तर उन्नती गर्ने भएपछी स्थानिय हरु आन्दोलित बनेका हुन ।