केराबारीमा महिलालाई करणी प्रयासको आरोपमा श्रेष्ठ पक्राउ

केराबारी । मोरङको केराबारी गाउपालिकाकी एक महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केराबारी गाउपालिका वडा नम्बर ३ स्थित मकै बारीमा वर्ष २३ कि एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोही वडा बस्ने वर्ष ४४ का लाल बहादुर श्रेष्ठलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी उद्योग मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।