मोरङमा युवतीलाई जबरजस्ती करणी प्रयासआरोपमा बालक पक्राउ

सुन्दरहरैचा । मोरङको ग्रामथान गाउपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान गाउपालिका वडा नम्बर १ लखन्तरी स्थित एकान्त बाटोमा १९ वर्षीय युवतीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा सोही वडा बस्ने वर्ष १६ का एक बालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सुस्त मनस्थिती रहेकी युवतीलाई जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका उक्त बालकलाई म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।