धरानको सेउती खोलामा एक युवा मृत फेला

धरान । धरान स्थित सेउती खोलामा रहेको झोलुङ्गे पुल मुनि एक युवा मृत अवस्थामा फेला परेका छन ।

धरान १४ स्थित बिजयपुरको सेउती खोलामा झोलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका ती युवा धरान ४ नारे बस्ने १६ बर्षिय मनिराज राई रहेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ भने उक्त घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।