लेटाङमा रक्तदान कर्यक्रम , ८९ प्रीन्ट रगत संकलन

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित जाँतेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ–९ जाँतेस्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ८९ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रश सोशाइटी रक्त सञ्चार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनको अवस्थामा रगतको अभाव हुने देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष टंकबहादुर बूर्जाले जानकारी दिए ।