विदेशबाट आयतित तरकारी, फलफुल रोक्न माग

सुन्दरहरैचा । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) एक नम्बर प्रदेश समितिले विभिन्न पाँच बुदामा समेटिएको मागहरु उल्लेखित प्रेस विज्ञप्ती सोमबार सार्वजनिक गरेको छ ।

उक्त विज्ञप्तीको दोस्रो नम्बर बुदामा किसानले उत्पादन गरेका तरकारी, फलफुल तथा बालीहरुलाई विदेशबाट आयातित तरकारी, फलफुल तथा अन्य बालीहरुले विस्थापित गरेको र सो कार्य तत्काल रोक्न माग गरेको छ ।

त्यसैगरी एक स्थानीय निकायमा एक सुरुवा रोग प्रयोगशाला र कोभिड १९ को परिक्षण तथा उपचार केन्द्र स्थापना गरि आम नागरिकको स्वाभ परिक्षण अबिलम्भ गर्न माग गरेको छ ।

त्यसैगरी अतिक्रमित भुमि तत्काल नेपाली स्वामित्वमा ल्याउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नेपाली राष्ट्रिय स्वाधिनता माथी गम्भिर साम्राज्यवादि हस्त्क्षेप हुने नेपाल सरकार र एम.सी.सी बिच भएको राष्ट्रिघात सम्झौता पुर्णरुपले खारेज गर्नुपर्ने माग राखेको छ ।

प्रदेश संयोजक हिम प्रसाद मिश्रको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा देशलाई अर्ध सामन्ती, अर्ध औपनिवेसिक र नवऔपनिवेसिक अवस्थाबाट मुक्त गराउन तथा नेपाली किसानहरुको हकहित र अधिकार प्राप्तीको लागि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले विगत देखी संघर्ष गर्दै आईरहेको उल्लेख गरेको छ ।