लेटाङमा पनि कोरोना, सक्रमितहरु भारतबाट आएका थिए

लेटाङ । लेटाङ नगरपालिकामा पनि कोरोना सक्रमण पुष्टि भएको छ । लेटाङ नगरपालिका वडा नं ४ मा बस्ने २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित युवक १४ जेठ यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् । सक्रमित २ जना नै १४ दिन अघी भारतबाट आएका थिए ।

ती दुई युवालाई प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पुर्वाञ्चल विश्वविधालय स्थित कोभिट अस्पतालमा पठाइएको लेटाङ नगरपालिका वडा नं ३ का वडाध्यक्ष देवराज चाम्लिङले बताए ।