जुम एप्लिकेसन मार्फत सुनसरी काङ्रेसको बैठक सम्पन्न

सुनसरी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको छ । १ नं. प्रदेशका संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको डिजिटल बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगामी महाधिवेशन, केन्द्र, प्रदेश र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम, शैक्षिक क्रियाकलाप, रुकुम घटना, धरानको खानेपानी आयोजनालगायतका राष्ट्रिय तथा स्थानीय समसामयिक विषयवस्तुहरु माथि गहन जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले बताए ।

बैठकमा स्वागत गर्दै लक डाउनका कारण दुई महिनादेखि जिल्ला कार्यसमितिको बैठक बस्न नसकेका कारण प्रविण्धिको सदुपयोग गर्दै डिजिटल बैठकको आयोजना गरिएको सभापति कोइरालाले बताए । उनले अबको युगमा सबैको प्रविधिमा पहुंच पुराउनुपर्ने आवश्यकता देखिएको बताउंदै डिजिटल बैठकलाई निरन्तरता दिने बताए ।